मूल खबरस्वास्थ्य

ओमीक्रोन संक्रमण नियन्त्रणका लागि पूर्वी नाका काँकरभिट्टामा आजदेखि कडाई

मेचीनगर । मेचीनगर क्षेत्रमा ओमिक्रोन भेरियन्टको संक्रमणको दर बढ्न थालेपछि आजदेखि पूर्वी नाका काँकरभिट्टामा आवतजावत गर्ने मानिसहरुमाथि स्थानीय प्रशासनले कडाई गर्न थालेको छ।
अत्याआवश्यक काम बाहेक अन्य कामका लागि काँकरभिट्टा नाका भएर आवातजावत गर्ने मानिसलाई रोक लगाइएको काँकरभिट्टा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार उपचारका लागि जाने व्यक्तिले चिकित्सकले प्रेस्क्राईप गरेका कागजात, हवाईयात्रुले जहाजको टिकट अनिवार्य देखाएर मात्र भारत जान वा नेपाल आउन पाउने डीएसपी सुनिलसिंह दाहालले बताए ।

तेस्रो भेरीयन्टको रुपमा आएको ओमीक्रोनको संक्रमण फैलिएका बेला नेपालतर्फ संक्रमण फैलिन नदिनका लागि चेकजाँच र आवतजावतमा कडाई गरिएको दाहालले बताए ।

नेपाली र भारतीय नम्बर प्लेटका सिटी सफारी, मोटरसाइकल, अन्य सवारी साधन नेपाल भारत आवतजावत गरेका भए पनि मंगलबारदेखि निश्चित क्षेत्रसम्म मात्र सञ्चालन गर्न पाउने प्रहरीको भनाइ छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न गराउन, मास्कको प्रयोग गन गराउन, सीमा नाकालाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको डिएसी दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button