
एजेन्सी – सानदार जित निकाल्दै युभेन्ट्स कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । साम्पडोरियालाई ४–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा युभेन्ट्सको फराकिलो जितमा जुआन कोर्डाडो, ड्यानिइल रुगानी, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे । साम्पडोरियाका एन्ड्रिया कोन्टीले एक गोल फर्काए ।
खेलको २५औं मिनेटमा कोर्डाडोको गोलबाट युभेन्ट्सले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । ५२औं मिनेटमा ड्यानिइल रुगानीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।
६३औं मिनेटमा एन्ड्रिया कोन्टीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६७औं मिनेटमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई सहज जिततर्फ अघि बढाए । ७७औं मिनेटमा मोराटाले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको जित पक्का गरे।
अर्काे खेलमा लाजियोले उडिनेसलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । लाजियोको जितमा सिरो इमोविलेले १०६औं मिनेटमा गोल गरे ।hamrokhelkud/from



