खबर

एसइई परीक्षा प्रदेशले गर्ने

काठमाडौं

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी अघि बढाएको जनाए ।

उनले संविधानले नै विद्यालय शिक्षा स्थानीय सरकारको अधिकारमा दिएको बताउँदै यसपटकको एसइई परीक्षा सञ्चालन र व्यवस्थापन जिम्मेवारी प्रदेश सरकारलाई दिने बोर्डले तय गरेको बताए ।  नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button