नाइजेरिया समूह विजेता, इजिप्ट पनि नकआउट चरणमा


एजेन्सी – समूह चरणमा शतप्रतिशत जित निकाल्दै नाइजेरिया समूह ‘डी’ को विजेता बन्दै अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्दा इजिप्ट पनि समूह उपविजेताको रुपमा अघि बढेको छ ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा गिनिया विसाउलाई २–० ले पराजित गर्दै नाइजेरियाले समूह चरणमा शत प्रतिशत जित निकाल्न सफल भयो । नाइजेरियाको जितमा उमार सदिक र विलिया ट्रुस्ट इकोङले गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुई गोल गर्दै नाइजेरियाले समूहमा लगातार तेस्रो जित निकाल्न सफल भयो । खेलको ५६औं मिनेटमा उमारले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाए । उनले केलिची इहानाचोको पासमा गोल गरेका थिए । ७५औं मिनेटमा विलियमले गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै समूहमा नाइजेरियाले ३ खेलबाट ९ अंक जोड्यो । नाइजेरियाले यसअघि समूहमा इजिप्ट र सुडानलाई हराएको थियो ।

अर्काे खेलमा इजिप्टले सुडानलाई १–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा अफ्रिका कप अफ नेसन्सको प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । इजिप्टको जितमा मोहमेद एब्डेलमोनिइमले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३५औं मिनेटमा एब्डाल्ला इल्सेइदको पासमा गोल गरेका थिए ।

समूहमा नाइजेरियासँग १–० को हार बेहोरेको इजिप्टले ३ खेलबाट ६ अंक जोड्यो । इजिप्टले गिनिया विसाउलाई हराउन सफल भएको थियो । समान १ अंक जोडेको सुडान रगिनिया विसाउ समूह चरणबाटै बाहिरियो ।hamrokhelkud/from

50% LikesVS
50% Dislikes