खबर

नेकपा (एकिकृत समाजवादी)को मेचीनगरमा ६ नं वडा कमिटी गठन,बिर्तामोडमा १० नं वडा कमिटी गठन

मेचीनगर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को मेचीनगर र बिर्तामोडमा आज वडा कमिटी गठन भएकाछन। पार्टीका मेचीनगर सचिव हरि तिमिल्सिनाका अनुसार आज सो पार्टीको ६ न वडा कमिटी गठन भएको छ । ओमप्रकाश दाहाल (प्रकाश)को अध्यक्षतामा गठन भएको सो कमिटीका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा मुक्ति निरौला, सचिवमा डिल्लीराम वोगटी, उपसचिवमा सुस्मिता भट्टराई ११ सदस्यीय कमिटी गठन भएको छ । सो कार्यक्रममा समाजवादीका नेताहरु अशेष घिमिरे,ताराराज ओली, शुभद्रा भट्टराई (अर्याल) ,हरिमायाँ मैनाली, अर्जुन पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको तिमिल्सिनाले बताए ।

यसै गरि सोही पार्टीको  विर्तामोडमा वडा नं १० को भेला सम्पन्न भएको छ। जसमा अध्यक्ष लक्ष्मी प्रसाद निरौला उपाध्यक्ष दधिराम सिटौला , यसोदा निरौला, सचिव घनश्याम वराल उपसचिव निर्मला प्रसाईलगायतको ३१ सदस्यीय वडा कमिटी गठन भएको बिर्तामोड नगरका पार्टी अध्यक्ष श्रीप्रसाद सिटौलाले बताए ।सो कार्यक्रममा संविधान सभा सदस्य जीवनकुमारी घिमिरे ,जिल्ला अध्यक्ष वेदराज रेग्मी , तिर्थ सिग्देल लगायतका पार्टी नेताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button