स्वास्थ्य

सुत्केरीका घरमै पुगेर पौष्टिक आहार वितरण गर्दै मेचीनगरका माओवादी

काँकरभिट्टा । नेकपा (माओवादी केन्द्र) मेचीनगर कमिटीले पूर्व घोषित पार्टीको कार्यक्रम अनुसार सुत्केरीलाई पौष्टिक आहार वितरण गर्न थालेको छ ।

नेकपा माओवादी केन्द्र मेचीनगरले केही दिन अघि यो कार्यक्रम सार्वजनिक गरेको थियो । सुत्केरीहरुलाई पौष्टिक आहार उपलब्ध वितरण गर्ने कार्यक्रम अनुसार आज मेचीनगर ७ का दुई जना सुत्केरीलाई ओवादी केन्द्रले पौष्टिक खाद्य आहार उपलब्ध गराएको हो ।

माओवादी केन्द्र मेचीनगरका तर्फबाट आज मेचीनगर ७ की सुत्केरी मुना हेमरमलाई आज पौष्टिक खाद्यान्न हस्तान्तरण गरिएको केन्द्रका मेचीनगर अध्यक्ष राजन चिमरियाले बताए ।

यसै गरिआजै मेचीनगर ७ कै अर्की सुत्केरी सिता करुवालाई समेत पौष्टिक आहार वितरण गरिएको सचिव ज्ञानेन्द्र घिमिरेले चौतारी पोष्ट अनलाइनलाई बताए ।

माओवादी केन्द्र मेचीनगरले एक जना सुत्केरीलाई एक प्याकेट ल्याक्टोजिन, एक केजी ध्यु, आधा केजीको हर्लिक्स र २५० ग्राम मिठाई उपलब्ध गराएको सचिव घिमिरेले बताए । त्यस्तै नवजात शिशुको मुख हेरे बापत एक सय रुपैया नगद समेत उपलब्ध गराएको पनि घिमिरेले बताए ।

माओवादी केन्द्रले मेचीनगर ७ र १४ नम्बर वडाका सुत्केरी महिला र नवजात शिशुलाई पौष्टिक खाद्यन्न उपलब्ध गराउने कार्यक्रम अनुसार नै आज मेचीनगर ७ का दुई जना सुत्केरी र नवजात शिशुलाई खाद्यान्न तथा नगद उपलब्ध गराएको केन्द्रका सचिव ज्ञानेन्द्र घिमिरेले बताए । घिमिरेका अनुसार एक जना सुत्केरीलाई करीब दुई हजार ५ सय रुपैया बराबरको पौष्टिक खाद्यान्न उपलब्ध गराइएको छ ।

पहिलो चरणमा नगरका वडा नं ७ र १४ मा सुत्केरी पोषण कार्यक्रम लागु गरिएको भए पनि पार्टी अन्य वडाहरुमा समेत पनि यो कार्यक्रमलाई बिस्तार गर्ने योजना रहेको सचिव घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button