खेलकुद

जसले बुवाको ट्याक्सी नम्बरलाई जर्सी नम्बर बनाए..

एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडले जनवरी ट्रान्सफर विन्डोमा ब्राजिलियन मिडफिल्डर ब्रुनो गुइमाराएसलाई अनुबन्धन गर्यो । फ्रान्सेली क्लब लियोनलाई ३३ मिलियन युरो तिर्दै प्रिमियर लिगमा रेलिगेसनको डरमा रहेको टोलीले युरोपेली फुटबलमा उत्कृष्ट मध्यका मिडफिल्डरलाई टोलीमा समावेश गर्यो ।

२४ वर्षीय ब्राजिलियन मिडफिल्डरले न्युकासलमा आएपछि जर्सी नम्बर ३९ रोजे । हुन त उनले यसअघि क्लबमा पनि सोहि जर्सी नम्बर नै प्रयोग गरेका थिए । सामान्यतया पहिलो रोजाइमा पर्ने खेलाडीले १ देखि २५ सम्मको जर्सी नम्बर प्रयोग गर्ने चलन रहेको छ । तर ब्रुनोले भने ३९ नम्बरकै जर्सी रोजेका हुन् ।

ब्राजिलियन मिडफिल्डरले आफ्नो बुबालाई समर्पित गर्दा यो जर्सी नम्बर रोजेका हुन् । उनको बुबा ब्राजिलको रियो सहरमा ट्याक्सी चलाउने गर्छन् । र ट्याक्सीको नम्बर ३९ रहेको छ । त्यसैले आफ्नो बुबाले गरेको संघर्षलाई सम्झंदै उनले यो जर्सी नम्बर पहिलो रोजाइमा राख्दै आएका छन् ।

ब्रुनोको बुबाले ट्याक्सी चलाउने गर्दथे भने आमाले साइकल पसल चलाउने गर्दथिन् । सन् २०१९ मा ब्रुनो ब्राजिलको एथलेटिको परानेन्सेबाट खेल्दा उनले सिजनको उत्कृष्ट ११ मा स्थान बनाएका थिए । उक्त अवार्ड समारोहमा उनी आफ्नो बुबाको ३९ नम्बरको ट्याक्सीमै समारोहमा पुगेका थिए ।

ब्रुनोले ब्राजिलको सिनियर टोलीमा पनि स्थान बनाउँदै आएका छन् । सन् २०२० नोभेम्बरमा उरुग्वेविरुद्ध खेल्दै डेब्यु गरेका उनले २०२० ओलम्पिकमा पनि खेलेका थिए । उनले सन् २०२० देखि लियोनका लागि ७१ खेलमा ३ गोल गरे।

न्युकासलले नयाँ मालिक आएसँगै लिगमा स्थान सुधार्न ट्रान्सफर विन्डोमा खुलेर खर्चने अनुमान गरिएको थियो । त्यसै अनुरुप टोलीले ५ खेलाडी अनुबन्धन पनि गर्न सफल रहयो । ब्रुनोसँगै एटलेटिको म्याड्रिडबाट काइरान ट्रीपिएर, बर्नलीका क्रिस वुड र ब्राइटनका ड्यान बर्न जनवरी विन्डोमा न्युकासल आएका छन् । त्यस्तै क्लबले एस्टन भिल्लाका लेफ्ट ब्याक म्याट टार्गेटलाई लोनमा भित्र्याएको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button