
मेचीनगर । नेकपा(माओवादी केन्द्र) मेचीनगर कमिटी अहिले सुत्केरीलाई पौष्टिक आहार वितरणको अभियानमा जुटेको छ । केही दिन यतादेखि माओवादी केन्द्र मेचीनगरले यो अभियानलाई मेचीनगरका वडा नं ७ र १४ मा संचालन गर्दै आएको छ । ‘ सुत्केरीलाई पौष्टिक आहार , चेली माईति भेटघाट’ अभियान अन्तरगत आईतबार पनि माओवादी केन्द्र मेचीनगरले मेचीनगर नगरपालिका वडा नं ७मा सुत्केरी आमा र बच्चालाई पौष्टिक आहार वितरण गरेको नगरका उप सचिव कृष्णकौशल सिटौलाले चौतारी पोष्ट अनलाइनलाई बताए ।आईतबारको पौष्टिक आहार वितरण तथा भेटघाट अभियानमा नगरका पार्टी अध्यक्ष राजन चिमरिया र सचिव ज्ञानेन्द्रकुमार घिमिरेको उपस्थिति रहेको सिटौलाले बताए ।





