
मेचीनगर । नेकपा(एकीकृत समाजवादी)निकट समाजवादी प्रेस संगठन झापाको प्रथम भेला सम्पन्न भएको छ । मंगलबार झापाको बिर्तामोड स्थित नेकपा(एस)को जिल्ला पार्टी कार्यालयमा सम्पन्न समाजवादी पार्टी निकट पत्रकारहरुको भेलाले अनिलदेव राईको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ । समाजवादी प्रेस संगठन नेपाल झापा जिल्ला समितिमा उपाध्यक्षमा दिलिप थापा, सचिव रीता दाहाल रहेकाछन भने कोषाध्यक्षमा कमल बुढाथोकी रहेकाछन । यसै गरि सह— सचिवहरुमा किशोर उपरकोटी, गोविन्द ल्वागुन र विमर्स उप्रेती रहेकाछन । सदस्यहरुमा नकुल राजवंशी, छत्रबहादुर राई (होमराज), डिकेन्द्र बस्नेत,नवराज सुवेदी,ुशुभराज लामिछाने,जयकुमार राई र शंकर भट्टराई लगायत रहेकाछन । समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलको सभापतित्वमा सम्पन्न सो भेलामा केन्द्रीय सदस्यहरु लिला बराल र पर्वत पोर्तेलले पनि शुभकामना मन्त्ब्य राखेका थिए ।
नेकपा(एस)का केन्द्रीय सदस्य नीलमणी बरालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष वेदराज रेग्मी, बिर्तामोड नगरका अध्यक्ष श्रीप्रसाद सिटौला, पत्रकार धर्मेन्द्र भट्टराई लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए । सो भेलाको संचालन अनिलदेव राईले गरेका थिए ।




