
बिर्तामोड । बहुचर्चित एमसीसी परियोजनाको बिरोधमा नेकपा(एस)सम्बद्ध जनवर्गीय संगठनको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा बिरोध सभा सम्पन्न भएको छ । झापाको बिर्तामोडमा आयोजित बिरोध कार्यक्रम अगाडि ‘ एमसीसी चाहिदैन ’लगायतका नारा सहित ¥यालीले बिर्तामोड बजार परिक्रमा गरेको थियो । जुलुस पछि मुक्ति चौकमा आयोजित कार्यक्रमका वक्ताहरुले एमसीसी नेपाल र नेपालीका लागि घातक भएको बताए । उनीहरुले एमसीसी पारित नगर्न उपल्लो स्तरका नेता र सांसदहरुलाई समेत खबरदारी गरेका थिए ।नेकपा(एकीकृत समाजवादी)का जनवर्गिय संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको सो बिरोध कार्यक्रममा पार्टीका केन्द्रीय र जिल्ला नेताहरुको समेत उपस्थिति रहेको थियो ।

(यो भिडियो सम्पादन गरिएको छैन )



