मूल खबर

उम्मेदवार छनोट गर्न काँग्रेसमा संसदीय समितिमा गठनमा ढिलाइ

काठमाडौं
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा आकाङ्क्षी उम्मेदवारहरू पनि बढ्दै गएका छन्। अझ प्रमुख सत्ताघटक दल नेपाली काँग्रेसभित्र त एक पदका लागि दर्जनौँ नेता आकाङ्क्षी देखिएका छन्। देशभरबाट प्राप्त समाचार हेर्ने हो भने ७ सय ५३ स्थानीय तहको प्रमुखको मात्र आकाङ्क्षी नेता ७ हजारभन्दा बढी हुने अनुमान छ। त्यस्तै, आकाङ्क्षी उपप्रमुख र वडा अध्यक्षको सङ्ख्या त आवश्यकभन्दा २० औँ गुणा बढी छ।

नेपाली काँग्रेसका उम्मेदवारबारे अन्तिम निर्णय र घोषणा गर्ने निकाय संसदीय समिति हो। काँग्रेसमा प्रतिनिधिसभा संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति गरी चार तहको संसदीय समितिहरू छन्। प्रतिनिधिसभा संसदीय समितिले स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यको उम्मेदवारको घोषणा गई भने जिल्ला संसदीय समितिले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका लागि उम्मेदवार अनुमोदन गर्छ। प्रदेश संसदीय समितिलाई नगरपालिका र उप–महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको अनुमोदन गर्ने अधिकार दिइएको छ।

महानगरपालिकाको प्रमुख र उपप्रमुखका लागि उम्मेदवारको अनुमोदन गर्ने अधिकार भने केन्द्रीय संसदीय समितिमा छ। काँग्रेसको चार तहको संसदीय समिति गठन गर्न बाँकी छ। यही चैत्र ११ गते आह्वान गरिएको केन्द्रीय समिति बैठकको प्रमुख एजेन्डा केन्द्रीय संसदीय समिति गठन रहेको छ।नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button