मूल खबर

कोरियामा काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने

काठमाडौं

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया गई श्रम गरिरहेका नेपालीसहित आप्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ । कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया पुनः सुरु भए पनि सहज नभएपछि कोरियामै काम गरिरहेका श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको हो ।

दक्षिण कोरिया सरकारले यहाँ श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिने नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको जनाएको छ ।

निर्णयअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले एक वर्ष थप प्रवेशाज्ञा पाउनेछन् । गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button