मूल खबर

बतास समूहद्वारा पत्र बुझ्नसमेत अस्वीकार

काठमाडौं
तिलगङ्गास्थित नेपाल-भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन बतास समूहले अस्वीकार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द हटाइ धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको हो।गोरखापत्र दैनिकमा  छ ।

तर बतास समूहले पत्र बुझ्नसमेत अस्वीकार गरेको कोषका सदस्य सचिव डा. मीलनकुमार थापाले बताए । मन्त्रालयको निर्देशनपछि धर्मशाला खाली गर्न पत्राचार गर्दा बुझन मान्नुभएन उनले भने । शुक्रबार र शनिबार सार्वजनिक बिदा परेकाले थप निर्णयका लागि आइतबार कुर्नु परेको भनाइ उनको छ । होटल आनन्द कोषले तोकेको मापदण्ड र सम्झौताविपरीत भएकाले हटाउनुपरेको दाबी मन्त्रालयको छ । यसअघि पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा धर्मशाला भाडा सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्दसँगको सम्झौता खारेजीको सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button