खेलकुद

शीर्षस्थानको मिलान रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ । मिलान घरेलु मैदानमा बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदान मिलानोमा सोमबार राति भएको खेलमा मिलानले पाहुना टोलीलाई दवावमा राखेपनि गोल गर्न चुक्दा बराबरीमा रोकिन बाध्य बन्यो । बोलोग्नाले पनि केही मौका गुमाउँदा जित निकाल्न सकेन ।

यो बरारबीसँगै शीर्षस्थानमा रहेको मिलानले एक अंकको अग्रता लिन सफल भएको छ । मिलानको ३१ खेलबाट ६७ अंक छ । समान खेलबाटै दोस्रो स्थानको नेपोलीको ६६ तथा एक खेल कम खेलेको इन्टर मिलानको ६३ अंक छ । मिलानलाई रोकेको बोलोग्ना ३० खेलबाट ३४ अंक जोडेर १२औं स्थानमा रहेको छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button