स्वास्थ्य

सात प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने देवेन्द्र पौडेलकाे प्रस्ताव

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सात वटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव क्याबिनेटमा पेस गरिएको जानकारी दिनुभएको छ । खर्बौ रुपैयाँ मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गरेको उहाँले बताउनुभयो ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले ‘टिवेट’ क्षेत्रमा निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले जापान, अष्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीहरूले वार्षिक रूपमा करिब १ खर्व ९७ अर्ब खर्च गरेको देखेपछि त्यसको समीक्षा गरेर सरकारले नेपालमै मेडिकल शिक्षा अध्ययनका लागि सरकारी मेडिकल कलेजहरूको स्थापना गरेर अघि बढ्ने निष्कर्ष निकालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सात वटा प्रदेशमा सात वटै सरकारी मेडिकल अस्पताल बनाउने प्रस्ताव क्याबिनेटमा लगिएको छ । हाम्रोमा ११ वटा युनिभर्सिटी छन भने नचल्ने, विद्यार्थीहरूले नखोज्ने विषय पढाएर के काम ? जबकि ७ हजार विद्यार्थी एमबिबिएस पढ्न, एमडी पढ्न बंगलादेश जान्छन् । एक वर्षको रकमको हिसाब गर्दा करिब १ खर्व ९७ अर्ब रकम चाहिँ जापान, अष्ट्रेलिया, बंगलादेश, चीन, भारत गएको हामीले पायौँ । जति पनि हाल्न विद्यार्थीहरू तयार छन् । गरिब पनि हामी नेपालीहरू छौँ । खर्च गर्न पनि तयार छौँ । त्यत्रो पैसा बाहिर गएको छ । अनि फर्केर आउने र मेडिकल काउन्सिलको परीक्षा नदिई डाक्टर हुन पाउने ।

अव हामीले यसलाई समीक्षा ग-यौं । र, हामीले सात वटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेका छौँ । निजी क्षेत्रलाई पनि लिएर जानुपर्छ । उनीहरूलाई विस्थापित गर्ने भनेको होइन । त्यसै गरी सिटिईभिटीलाई सबै स्थानीय तहमा पु¥याउने गरी तत्काल काम सुरु हुन्छ ।’कार्यक्रममा सिटिइभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले कतिपय तालिम प्रदायक संस्थाले दिएको तालिम गुणस्तरीय हुन नसकेको भन्दै निजी क्षेत्रका संस्थाहरूले देशभर व्यावसायिक तालिम प्रदान गर्ने गरिरहेको भन्दै प्रशंसा गर्नुभयो । कम्तीमा १२ मन्त्रालयले तालिम सञ्चालन गर्ने गरेको र १७ अर्बभन्दा बढी रकम खर्च हुने गरेको भएपनि समन्वयको अभावका कारण उपलब्धि हासिल हुन नसकेको उहाँले बताउनुभयो ।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष अच्युत नेपालले नेपालमा बेरोजगारी समस्या बढ्दै गएको र वैदेशिक रोजगारीमा जाने क्रम बढेको बताउनुभयो । उहाँले विदेश जाने युवाले तालिम लिए विदेशमा समेत राम्रो अवसर पाउने गरेको बताउनुभयो । निजी क्षेत्रका संघसंस्थाहरुले दिएको तालिमका प्रभावकारिताका बारेमा सरकारलाई समेत जानकारी दिन कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button