
काँकरभिट्टा । नेकपा(एमाले) मेचीनगरका युवा नेता दीपक घिमिरेले एमाले पार्टी परित्याग गरेको सार्वजनिक गरेकाछन् । सामाजिक सञ्जालमार्फत उनले पार्टी बिभिन्न पदीय जिम्मेवारी र साधारण सदस्यताबाट समेत राजीनामा गरेको उल्लेख गरेकाछन् । आफ्नो (फेसबुक)सामाजिक सञ्जालका माध्यामबाट उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।घिमिरे नेकपा(एमाले)मेचीनगरका एक जुझारु र सकृय युवाका रुपमा परिचितछन् उनी नेकपा(एमाले)झापाका नेता डिल्लीराम घिमिरेका छोरा समेत हुन् । पछिल्लो समयमा मेचीनगर एमालेमा पार्टी छोड्ने युवाहरुको क्रम जारी रहेको देखिन्छ शुक्रबार एमालेकै अर्का युवा नेता प्रकाश खड्काले समेत सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका थिए ।



