मूल खबर

प्रकाश प्रवेश गरे माओवादी केन्द्रमा

मेचीनगर । नेकपा(एमाले)मेचीनगर कमिटीका सचिवालय सदस्य तथा वडा नं १०का ईन्चार्ज प्रकाश खड्का आज एक कार्यक्रमका बीच नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेकाछन् । नेकपा(माओवादी)केन्द्रको आयोजनामा भएको एक कार्यक्रमका बीच उनलाई सो पार्टीका नेता राम कार्कीले स्वागत गरेका थिए । खड्काले सामाजिक सञ्जालमार्फत नेकपा(एमाले)परित्याग गरेको घोषणा गरेका थिए ।खड्कालाई उनको क्षमताको उचित मूल्याङ्कन गरेर माओवादी केन्द्रले सांगठानिक जिम्मेवारी दिने सो पार्टीका जिल्ला नेता प्रकाश भण्डारीले चौतारी पोष्ट अनलाइनलाई बताए ।आजै मात्र चौतारी पोष्ट अनलाइनको श्रव्यदृश्य स्तम्भ चौतारी संवादमा खड्काले आफु माओवादी केन्द्रमा जाने संकेत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button