
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको ह्याट्रिकमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । टोटेनहमले घरेलु टोली एस्टन भिल्लालाई ४–० ले पराजित गरेको हो ।
भिल्ला पार्क बर्मिङघममा शनिबार राति भएको खेलमा एक गोल डिजान कुलुसेभ्स्कीको नाममा रह्यो । खेलको तेस्रो मिनेटमा नै ह्युङ मिन सनको गोलबाट टोटेनहमले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।
५०औं मिनेटमा डिजान कुलुसेभ्स्कीले गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे । उनले ह्यारी केनको पासमा गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा ह्यारी केनकै पासमा सनले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरेपछि टोटेनहम खेलमा ३–० ले अघि बढ्यो ।
७१औं मिनेटमा डिजान कुलुसेभ्स्कीको पासमा सनले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई फराकिलो जित दिलाए । यो जितसँगै टोटेनहम ३१ खेलबाट ५७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित एस्टन भिल्ला ३१ खेलबाट ३६ अंक जोडेर १२औं स्थानमा रहेको छ ।hamrokhelkud



