
२०७८ चैत्र २५ गते नेकपा एमाले को तर्फबाट मेची नगरको
नगर प्रमुखको उम्मेदवार छनौटकोअन्तरिक निर्वाचनमा मलाई
सम्मान जनक तेस्रो स्थानहुने गरी मतदान गर्नुहुने पार्टी वार्ड
कमिटी तथा नगर कमिटीका सम्पुर्ण कमरेड हरु प्रति आभार
प्रकट गर्दछु।
साथै २०४९ सालदेखी २०५४साल सम्म काँकडभिट्टा गाउँ
बिकास समितिमा नेकपा एमाले को तर्फबाटअध्यक्ष भएर
काम गरे गा बि समिति लाई नगरपालिका बनाउन महत्त्वपूर्ण
भुमिका निर्वाह गरे २०५४ को स्थानीय निर्वाचनमा मेरा अग्रज
रबिन कोइरालालाई नगर प्रमुख हुन मैले प्राप्त गर्ने उम्मेदवारी
लाइ छाडेर सहयोग गरे २०७४ सालको निर्वाचन मा अर्का मेरा
आदरणीय ब्याक्तित्व बिष्णुप्रसाद प्रसाइ लाई आफ्नो दाबी
छाडेर सहयोग गरे २०७९ को निर्वाचनमा तपाईं लाई पक्का
उम्मेदवार बनाउने भन्नुपनी भएको थियो।
तर, आदरणीय नगर बासी आमाबुबा दिदिबहिनी दाजुभाइ मैले
२०४१ साल देखी पार्टीको काम्मा निरन्तर लागीरहेकै छु जनता
को काममा लागिरहेकै छु आफ्नो पेशा व्यावसायिक कामलाई
भन्दा जनसेवा लाइ प्राथमिकता दिएर निरन्तर काममा छु।
तर मैले आदरणीय मानिरहेका मेरा अग्रज हरुले योजना बध्द
ढङ्गले प्रदेश सभाका माननीय गोपाल बुडाथोकी लाइ ९ मैना
अवधि हुदाहुदै नगर प्रमुखको उम्मेदवारी किन बनाउनु पर्ने?
के गोपाल बुडाथोकी मात्रै हो नेकपा एमाले को यो नगरमा
नगर प्रमुख हुने अरु कोही छैनन? केछ नगरपालिका मा
माननीय जस्तो सम्मानित ठाउबाट किन तल झर्न पार्यो?
नेकपा एमाले का इमानदार कार्यकर्ता र मतदाता ले डिल्लीराम
घिमिरे लाइ नगर प्रमुख बनाउनु पर्छ भन्दैहुनुहुन्छ। तर, मैले पार्टी
मा गरेको लगानी र जनसेवामा गरेको योगदान को कुनै प्रबाह
नगरी नगर प्रमुखको उम्मेदवारी बन्न बाट किन बन्चित गरियो?
डिल्ली घिमिरे लाई छेक्नका निम्ति२०७४को स्थानीय निर्वाचन
मा अन्तर घातको आरोप लाउने र आरोप खाने मेरा आदरणीय
नेताहरू एकैठाउमा जुट्नु भएकोदेख्दा मआफुलाइ शक्तिशाली
भएको महसुस गरेको छु ।
अन्तमा मलाई माया गर्नुहुने नगर बासी बुबाआमा दिदीबहिनी
दाजुभाइ हरुको सेवामा सकेसम्म लागि रहने छु साथै तपाईं
हरुले मलाई मतदान गर्ने ठाउपनी पाउनु हुनेछ अझ बडी साथ
र सहयोग को अपेक्षा गर्दछु।
धन्यवाद
(फेसबुकबाट साभार)



