खबर

उडान रद्द हुँदा नयाँ दिल्ली जान लागेका २५४ यात्रु अलपत्र

काठमाडौं
अन्तिम समयमा उडान रोकिँदा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजबाट आइतबार दिउँसो भारतको नयाँ दिल्ली जान लागेका २५४ यात्रु अलपत्र परेका छन् । अलपत्र यात्रुमध्ये कतिपयलाई आइतबार नै अन्य एयरलाइन्सका जहाजमा पठाइएको र बाँकीलाई सोमवारको उडानबाट गन्तव्यमा पुर्‍याइने निगमले बताएको छ।

उडान रोकिएको विषयमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमबीच दोहोरी चलेको छ । प्राधिकरणले उडान तालिका स्वीकृत नगरी निगमले यात्रु उडाउन खोजेको दाबी गरेको छ। निगमले चाहिँ उडान तालिका प्राधिकरणमा पेस गरिसकेको र स्वीकृतिका लागि प्रयास जारी रहेको भन्दै यात्रु उडाउन खोजेको बताएको छ। प्राधिकरणले आइतबारदेखि विन्टर सेड्युल लागू गरेको छ ।  आर्थिक अभियान दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button