
एउटा सामान्य परिवारमा जन्मेका विश्वप्रकाश शर्मा यतिबेला सर्वाधिक चर्चामा छन् । चुनावी मैदानमा भएर मात्र उनको चर्चा छाएको होइन, पार्टीमा उनकै हैसियतको जिम्मेवारीमा रहेका महामन्त्री गगन थापा पनि चुनावी मैदानमै छन् । संघीय राजधानी भएकाले काठमाडौँको चर्चा त्यसै पनि बढी नै हुन्छ । यो हाम्रो चेतनास्तरको उपज र स्थापित मनोविज्ञान नै हो ।
पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङलगायत कांग्रेस पदाधिकारी चुनावी मैदानमा खडा छन् । पार्टी शीर्ष नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्ण सिटौलालगायत नेता पनि चुनावी प्रतिस्पर्धामा छन् । उनीहरूको चर्चा आआफ्नो प्रकृति र परिवेशका छन् । तर, शर्माको चर्चा उम्मेदवारीसँग मात्र सीमित छैन ।
शर्माले चुनावमा बाजी मारेर संसदमा पाइला टेक्नैपर्छ भन्ने चर्चा राजनीतिक वृत्तमा तातो बहस बनेको छ । शालीन अभिव्यक्ति, दमदार तर्क उनका चर्चाका कारण हुन् । उनमा जति वाक क्षमता छ, त्योभन्दा बढी उनी संयम, धैर्य र विषयवस्तुको गाम्भीर्यलाई विश्लेषण गर्ने क्षमता राख्छन् । यसको चर्चा सधैँ भएकै हो । तर, विगतदेखिको उनको चर्चाको विषय समाजसँग अन्योन्याश्रित छ ।
अभाव, रोग, मृत्यु हरेक समस्यासँग जुधिरहेकाहरूको घाउमा मल्हमपट्टी गर्न जुट्छन् । भरसक पुग्ने र भेट्ने कोसिस गर्छन् । कदाचित पुग्न सम्भव नभए फोन गर्छन् ।
अरू नेता एक पटक एउटा क्षेत्रमा चुनावी पराजय भयो भने अन्यत्र मोडिन्छन्, क्षेत्र छोड्छन् । भनाैँ, त्यो क्षेत्र छाडेर जित सुनिश्चित भएको क्षेत्रबाट चुनाव लड्छन् । चुनावी विजयसँगै मन्त्री वा प्रधानमन्त्रीकै लागि आफूलाई प्रस्तुत गर्छन् ।
तर, कांग्रेस महामन्त्रीसमेत रहेका शर्मामा त्यो कमजोरी छैन । उनले महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरेरै अघि सारेका छन् । राजनीतिमा पद सबैभन्दा ठुलो कुरा मानिन्छ । तर, शर्माले पृथक उदाहरण प्रस्तुत गरेका छन्– राजनीतिमा योग्य र सक्षम व्यक्तिलाई अघि बढाउनुपर्छ भन्ने मान्यता ।

उमेरले शर्मा थापाभन्दा केही भोटो बढी फटाएका व्यक्ति हुन् । विद्यार्थी राजनीतिमा थापा शर्मा नेतृत्वको समितिमा बसेर काम गरेका अब्बल युवा हुन् । तर, संसदीय फाँटमा थापाले शर्माभन्दा पहिले जिम्मेवारी लिए, सम्हाले ।
थापा पहिल्यै सांसद बने । ६ महिना स्वास्थ्यमन्त्री भए । बेदाग मन्त्रालय सम्हाल्न छिरेका थापाले आफूलाई सुकिलो बनाएर नै सुधारका थुपै्र काम गरेर बाहिरिए । जो सबैले देखेको विषय हो । यसले थापाको चर्चा स्वाभाविक छ । तर, शर्माको चर्चा योभन्दा पनि भिन्न र भावनात्मक छ ।
टाई–सुट यिनलाई उतिसाह्रो जच्दैन । यिनले लगाउने पहिरनले त्यही बोलिरहेको हुन्छ । सामान्य टिसर्ट र कमिजमा उनी दौडिरहेका देखिन्छन् । उनलाई टिपटप हुन मन लाग्छ–लाग्दैन, त्यो उनको निजी कुरा हो । तर, त्यस्तो भने उनको हाउभाउले पटक्कै देखाउँदैन।
शर्मा आफ्नो गाउँठाउँलाई अगाध माया गर्छन् । आफ्नै क्षेत्रका मतदातालाई विश्वास गर्छन् र त्यही विश्वासलाई भरोसामा बदल्ने साहस गर्छन् । शर्मा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा त्यही पथमा छन् । मेची, निन्दा खोला किनारको स्नेहलाई आत्मसात् गर्छन् । यिनलाई यो भूगोलको वास्तविकता राम्रो हेक्का छ । यहाँका हरेक व्यक्तिको मायामा यिनी मायावी हुन्छन् । दृढतापूर्वक आफूलाई प्रस्तुत गर्छन् र घरघरमा पुग्ने प्रयास गर्छन् । उनी खुसीमा मात्र होइन दु :खमा पनि साथमा हुन्छन् ।
अभाव, रोग, मृत्यु हरेक समस्यासँग जुधिरहेकाहरूको घाउमा मल्हमपट्टी गर्न जुट्छन् । भरसक पुग्ने र भेट्ने कोसिस गर्छन् । कदाचित पुग्न सम्भव नभए फोन गर्छन् । मिठो शब्दमा बोल्छन् र दु :खको फेहरिस्त सुन्छन्, लिन्छन् । र, उपाय सुझाउँछन्, समस्या सुल्झाउँछन् । यो उनको दैनिकी नै हो ।
अस्पतालमा जानुपर्नेका लागि निकटहरूलाई प्रबन्ध मिलाउन भन्छन् । पहँुच नपुग्नेहरूका लागि चिकित्सकलाई आफैँ फोन गर्छन्, राम्रो उपचार गर्न भन्छन् । अस्पताल सञ्चालकसँग अनुरोध गर्छन् । आर्थिक संकट टार्न आफू उभिएको बताउँछन् । हरेक मानिसलाई गर्न सक्ने सहयोगमा जुट्न आग्रह गर्छन् । मानवीय सेवा यिनका लागि प्रिय हो, जो व्यवहारमा देखिन्छ ।
आसनग्रहण र भाषण त यिनका लागि प्राथमिकतामा पर्दैनन् । र, परेको देखिएको पनि छैन । सामान्य कुर्सी, बेन्चमा बसेर सबैका कुरा गम्भीरतापूर्वक सुन्छन् अनि शालीन अभिव्यक्ति राख्छन् ।
शर्मा सरल छन्, तडकभडक यिनको रुचीमा खास पर्दैन । टाई–सुट यिनलाई उतिसाह्रो जच्दैन । यिनले लगाउने पहिरनले त्यही बोलिरहेको हुन्छ । सामान्य टिसर्ट र कमिजमा उनी दौडिरहेका देखिन्छन् । उनलाई टिपटप हुन मन लाग्छ–लाग्दैन, त्यो उनको निजी कुरा हो । तर, त्यस्तो भने उनको हाउभाउले पटक्कै देखाउँदैन ।
बिहान सखारै उठेर आफ्नो कर्ममा अभ्यस्त हुने शर्मा राति अबेरसम्म आफ्ना छरछिमेक र साथीसंगीसँगै भेटिन्छन् । यतिबेला मतदातालाई भेट्नु त उनको प्राथमिकताको विषय हो ।
उनलाई हरेक व्यक्तिको घरघर पुग्न न कुनै दलबल चाहिन्छ, न कुनै घना जमघट नै । हिँडाइमा तेजिला यिनी मत माग्दै गर्दा हरेक व्यक्तिको मन जित्न र दैनिक १० किलोमिटर पैदल हिँड्न सहयोगीलाई भन्छन् र त्यसको नेतृत्व आफूले लिन्छन् । खानपान, पहिरन मात्र होइन, रहनसहन पनि यिनको आफ्नै प्रकृतिको सरल छ । सार्वजनिक कार्यक्रम पनि खास भड्किलो नगरौँ भन्छन्, शर्मा ।
आसनग्रहण र भाषण त यिनका लागि प्राथमिकतामा पर्दैनन् । र, परेको देखिएको पनि छैन । सामान्य कुर्सी, बेन्चमा बसेर सबैका कुरा गम्भीरतापूर्वक सुन्छन् अनि शालीन अभिव्यक्ति राख्छन् । वाक क्षमताका अब्बल यिनी त्यही लयमा आफूलाई प्रस्तुत गर्छन् ।
मानवीय संवेदनासँग अन्तरनिहीत हरेक पाटोमा आफूलाई समर्पित गर्न सफल शर्मा साथीसंगीसँग पनि खुबै रमाइला छन् । गीतसंगीतमा पनि उनको राम्रो दखल छ । उनी राम्रो गीत लेख्छन्, गाउँछन् । संगीत भर्ने कुरामा पनि शर्मा त्यत्तिकै सफल छन् ।
गाउँघर, देहात बस्ती र भौगोलिक असहजतामा पनि यिनी सहजताका साथ पुग्छन् । कुनाकन्दरामा पुगेर उनले राख्ने अभिव्यक्ति सुनिरहुँ जस्तो लाग्छ । विपक्षीलाई गाली गर्दैनन् । राजनीतिमा एउटाले अर्काको सत्तोसराप गर्नुपर्छ भन्ने मान्यता जस्तै बनाइएको छ । त्यो उनको प्राथमिकतामा पर्दैन ।
तर, शर्माले पार्टी र आफूमाथिको आरोपलाई चोटिलो प्रहार गर्छन् र आरोपलाई निष्प्रभावी तुल्याएर छाड्छन् । गम्भीर ढंगमा आफ्नो अभिव्यक्ति राख्ने शर्मा वास्तविक समस्याबाट चिप्लिँदैनन् । तिनै समस्यामा केन्द्रित भएर अभिव्यक्ति दिन्छन् । सभा, समारोहमा पनि शालीन र सभ्य अभिव्यक्ति दिने शर्मा टिभीका स्क्रिनमा होस् वा रेडियोको तरंगमा किन नहोस्, आफ्नो वाककला प्रदर्शित गर्छन् र सबैको ध्यान खिच्छन् ।
मानवीय संवेदनासँग अन्तरनिहीत हरेक पाटोमा आफूलाई समर्पित गर्न सफल शर्मा साथीसंगीसँग पनि खुबै रमाइला छन् । गीतसंगीतमा पनि उनको राम्रो दखल छ । उनी राम्रो गीत लेख्छन्, गाउँछन् । संगीत भर्ने कुरामा पनि शर्मा त्यत्तिकै सफल छन् । यी र यस्ता अनगन्ती कुरामा शर्मा अग्रणी छन् ।
स्थापित लेखक, टिभी प्रस्तोता, रेडियो कार्यक्रम सञ्चालकको अनुभव संगालेका शर्मा एउटा सफल सञ्चारकर्मी पनि हुन् । यी यावत् पाटोमा ज्ञान भएका शर्मालाई मतदान गर्दा मत खेर नजाने कुरामा विश्वस्त हुन सकिन्छ । अनेक कर्ममा गहिरो जानकार शर्मालाई मन र मत दिनु झापा– १ वासीको दायित्व हो ।
समुन्नत नेपालका निर्माणका लागि सबल र सक्षम व्यक्तिको छनोट जरुरी हुन्छ । शर्माको योग्यता, क्षमताको परीक्षणका लागि मत दिन सक्नुपर्छ । त्यसले मात्र उनको शासकीय क्षमता जाँच्ने आधार निर्माण हुन्छ ।
मंसिर ४ त्यस्तो अवसर बनेर आएको छ, जहाँ झापा– १ कै एउटा युवा व्यवहार, विधि बनाउने ठाउँमा पुग्ने सम्मुखमा छ । हरेक मतदाताले गर्ने मतदानमा त्यो अवसरलाई प्रतिबिम्बित गर्न सक्नुपर्छ । जहाँ शर्माको मात्र होइन, झापा– १ वासीकै अवसर बनेर समय उदाउने छ । पूर्वबाट उज्यालोको किरण सर्वत्र फैलिएकै शर्माको सबै क्षेत्रमा रहेको ज्ञानलाई राष्ट्रले उपयोग गर्ने वातावरण बन्छ । त्यसका लागि उनी विधि बनाउने ठाउँमा नागरिकको प्रतिनिधि भएर पुग्नैपर्छ ।
शर्मालाई यी पगरी गुथाइरहनु पर्दैन । यद्यपि, वीना आफैँसँग भएर पनि कस्तुरीले सुगन्ध खोज्दै भौँतारिएझँै उपयुक्त प्रतिनिधि छान्न विगतमा झापा– १ वासी भौँतारिएकै हुन् । त्यो खोजीको उपयुक्त व्यक्ति शर्मा हुन् । चुनावी मैदानमा तेस्रो पटक उभिएका शर्मालाई मत दिएर संसद्को गरिमामा एउटा इँटा थप्ने कर्म गर्नु विवकेशील मतदाताको सामूहिक कर्तव्य हो । त्यो कर्ममा यसपटक पनि झापा– १ का मतदाता चुके भने अबको ५ वर्ष त्यसैउसै बित्ने छ ।
समुन्नत नेपालका निर्माणका लागि सबल र सक्षम व्यक्तिको छनोट जरुरी हुन्छ । शर्माको योग्यता, क्षमताको परीक्षणका लागि मत दिन सक्नुपर्छ । त्यसले मात्र उनको शासकीय क्षमता जाँच्ने आधार निर्माण हुन्छ । हाम्रो मुलबाटोबाट



