खेलकुद

सर्वियाको टोली घोषणा

एजेन्सी – एक सातापछि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि सर्वियाले आफ्नो टोली घोषणा गरेको छ । सर्बियाले २६ सदस्दीय टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक ड्रागन स्टोज्कोभिकले डुसान ताडिकको कप्तानीमा टोली घोषणा गर्दा क्लब फुटबलमा प्रभाव जमाएका एलेक्सान्डर मिट्रोभिक, डुसान भ्लाहोभिक, लुका जोभिक, सेर्गेज मिलिन्कोभिक साभिक र निकोला मिलेन्कोभिक टोलीमा समेटिएका छन् ।

पछिल्लो चारमध्ये तेस्रोपटक विश्वकप खेल्न लागेको सर्बियाले युरोपेली छनोटमा पोर्चुगललाई पछि पारेर समूहमा पहिलो भएको विश्वकपमा छनोट हुँदै आफ्नो प्रभाव जमाएको थियो ।

सर्बिया ब्राजिल, स्विट्जरल्याण्ड र क्यामरुनसँगै समूह जी मा छ । नोभेम्बर २५ मा ब्राजिलसँग खेल्दै विश्वकप थाल्नेछ । कतार जानुअघि सर्वियाले नोभेम्बर १८ मा मनामामा बहराइनसँग मैत्रीपूर्ण खेल खेल्नेछन् त्यसपछि टोली कतार पुग्नेछ ।

सर्वियाको टोली
गोलकिपर – मार्को डिमिट्रोभिक, प्रेड्राग राजकोभिक र भान्जा मिलिन्कोभिक–साभिक
डिफेन्डर – स्टेफान मिट्रोभिक, निकोला मिलेन्कोभिक, स्ट्राहिन्जा पाभ्लोभिक, मिलोस वेल्जकोभिक, फिलिप म्लादेनोभिक, स्ट्रहिन्जा एराकोभिक र सरजान बाबिक
मिडफिल्डर – नेमान्जा गुडेल्ज, सेर्गेज मिलिन्कोभिक–साभिक, सासा लुकिक, मार्को ग्रुजिक, फिलिप कोस्टिक, उरोस रासिक, नेमान्जा माक्सिमोभिक, इभान इलिक, एन्ड्रिजा जिभकोभिक र डार्को लाजोभिक
फरवार्ड – डुसान ताडिक, एलेक्सान्डर मिट्रोभिक, डुसान भ्लाहोभिक, फिलिप डुुरिसिस, लुका जोभिक र नेमान्जा राडोन्जिक,हाम्रो खेलकुदबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button