खबर

देशभर शान्तिपूर्ण मतदान : १५ वटा केन्द्रमा मतदान कार्य रोकियो

झडप हुँदा स्थगित भएको बाजुराको नन्देश्वरी माविमा रहेको मतदान केन्द्र । तस्बिर : शेरबहादुर सार्की,बाजुरा

गोरखापत्र अनलाइन
काठमाडौं। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।

निर्वाचन आयोगका अनुसार आइतबार दिउँसो साढे ३ बजेसम्म शान्तिपूर्ण मतदान भएको जनाइएको छ। आयोगका अनुसार विवाद हुँदा देशभरका १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। आयोगले रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button