मूल खबर

अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

न्युज अफ नेपाल
काठमाडौं । नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । गएराति भएको निर्वाचनबाट अध्यक्षमा बडाल निर्वाचित भएका हुन् ।

सहमतिमा नेतृत्व चयन असफल भएपछि गएराति निर्वाचन भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो ।

निर्वाचन समितिले औपचारिक रुपमा मतपरिणाम सार्वजनिक गर्न भने बाँकी छ ।

२३औँ महाधिवेशनबाट अध्यक्षमा विजयी बडाल निवर्तमान महासचिव हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button