कला

ओस्कारमा ‘क्राइसिस टिम’को घोषणा

गोरखापत्र अनलाइन
काठमाडौँ । ओस्कार अवार्डको ९५औँ संस्करणका लागि ‘क्राइसिस टिम’ घोषणा गरिएको छ।

१२ मार्चमा अमेरिकाको लस एन्जलसमा आयोजना हुने अवार्ड समारोहमा एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले ‘क्राइसिस टिम’ घोषणा गर्नुभएको हो।

अवार्ड समारोहमा अमेरिकी अभिनेता विल स्मिथ र क्रिस रकबीच भएको घटनालाई ध्यानमा राखेर ‘क्राइसिस टिम’ गठन गरिएको हो। यसको उद्देश्य हो, अवार्डका क्रममा विवादित घटनालाई व्यवस्थित गर्नु।

गत वर्षको ओस्कारमा स्मिथकी श्रीमतीको कपालबारे ठट्टा गरेपछि स्मिथले अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार गर्नुभएको थियो। स्मिथ र क्रिस रकको घटनापछि एकेडेमी ओस्कारमा हुने धेरै कुरामा सचेत भएको जनाइएको छ।

सन् २०२१ मा फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले स्टेजमै कपडा फुकालेर सरकारविरुद्ध विरोध जनाउनुभएको थियो। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button