
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजनामा मेचीनगर क्षेत्रका पत्रकारले होली खेलेकाछन् ।एक आपसमा शुभकामना आदान प्रदान गरेर उनीहरुले होली मनाएकाहुन् । प्रेस क्लब मेचीनगरको कार्यालय काँकरभिट्टाबाट ईटाभट्टामा स्थान्तरण गरि कार्यालयको उद्घाटन समेत गरिएको थियो । होली मिलन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नं ८का वडाअध्यक्ष गिरीराज धमलाले शुभकामना मन्तब्यका क्रममा मेचीनगर नगरपालिकाको कार्यपालिका बैठकमा नजान पाए हुन्थ्यो जस्तो लाग्ने गरेको दुःखेसो समेत गरेका थिए । क्लबका अध्यक्ष डम्बर बरालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन सचिव देवु बानियाँले गरेका थिए । (प्रस्तुत भिडियो सम्पादन नगरिएको हो)



