मूल खबर

इजरायलमा पाँच सयलाई रोजगारी

गोरखापत्र अनलाइन
काठमाडौँ। इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ ।

पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे पनि दोस्रो चरणमा पाँच सय जनाको कोटा इजरायलले पठाएको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकामा इजरायल पक्षले अस्वीकार गर्दै आएको छ । विभागका निर्देशक एवं इजरायल जापान शाखाका प्रमुुख डम्बरबहादुर सुुनुुवारले अब पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने बताउनुुभयो ।

नेपालमा तत्काल रोजगारीको सम्भावना नभएको र विप्रेषण आयसमेत घट्दै गइरहेको भन्दै सरकारले थप नेपाली युवालाई रोजगारीका लागि इजरायल पठाउने योजनासहित थप एक हजार युवालाई रोजगारी दिन अनुरोध गरेको थियो तर इजरायल पक्षले पहिला सकारात्मक देखिए पनि तत्काल पाँच सय जना लग्ने गरी प्रस्ताव पठाएको विभागले जनाएको छ । इजरायलमा केयर गिभरको सहायक श्रमिकमा जाने नेपालीले मासिक एक हजार छ सय अमेरिकी डलर पारिश्रमिक पाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button