मूल खबर

शिक्षक संघको निर्विरोध नेतृत्व: अध्यक्षमा दाहाल

विर्तामोड । नेपाल शिक्षक संघ झापा अध्यक्षमा तोया दाहाल ‘भास्कर’ निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिले दिएको जानकारी अनुसारनवौं अधिवेशनबाट आगामी ४ वर्षे कार्यकालका लागि दाहालको नेतृत्वमा शिक्षक संघ झापाले सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएको हो ।समिति संयोजक प्रकाश भण्डारीका अनुसारसंघको उपाध्यक्षमा कुमार खतिवडा तथा महिला उपाध्यक्षमा धनकुमारी खरेल ‘लता’निर्वाचित भएकी छन् ।
सचिवमा देबेन्द्र चन्द्र सिंह राजवंशी तथा अर्थ सचिवमा गणेश गिरी चयन भएका छन् ।
सह-सचिवमा युवराज कट्टेल, सह-सचिवमा, महिलामा रिता निरौला, अर्थ महिलामा तुलसा खरेल मैनाली र समावेशीमा मनकुमार योङ्हाङ एवम् हरीप्रसाद राजवंशी निर्वाचित भएका छन् ।
त्यसैगरी खुला सदस्यमा टंकप्रसाद तुम्बाहाम्फो, हरीप्रसाद प्रसाईं, रुद्रप्रसाद धमला र तेजस्वी पौडेल निर्वाचित भएका छन् ।
महिला सदस्यमा देवकीकुमारी राजवंशी, सीता सिटौला दाहाल र निर्मला पोखरेल चयन भएका छन् ।
त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा तेजप्रसाद चम्लागाईँ, नरहरी न्यौपाने, कृष्णप्रसाद वन, लिलाप्रसाद भण्डारी र भरत भट्टराई निर्वाचित भएका छन् ।
महिलातर्फ मेनुका दाहाल, भुमादेवी आङ्देम्वे, फुलहेरा खातुन रहेका छन् ।
त्यसैगरी संघीय महाधिवेशन प्रतिनिधिमा नेत्रप्रसाद खरेल, चित्रकला ओली, रुपल दाहाल, बद्री कार्की र भवानीप्रसाद लुईंटेल निर्वाचित भएका छन् ।
महिलातर्फ कृष्णमाया रिजाल र अनिता रिजाल निर्वाचित भएका छ्न् ।
नवनिर्वाचित समितिको पदस्थापन आगामी चैत ४ गते गिरिजाप्रसाद स्मृति भवन विर्तामोडमा दिउँसो १ बजेका तय भएको निर्वाचन समिति सदस्य होमराज ढकालले जानकारी दिए ।
संघको नवौं जिल्ला अधिवेशन नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले शनिवार समुद्घाटन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button