मूल खबर

अध्यक्षमा तामाङ्ग र पौडेल

मेचीनगर । चैत ७ गते हुने मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको कार्यसमितिको निर्वाचनमा नेपाली काँग्रेस मेचीनगरले आफ्ना उम्मेद्वारलाई बिजयी गराउन आव्हान गरेको छ । अध्यक्ष पदका लागि नेपाली काँग्रे निकट उम्मेद्वार पत्रकार मुक्ति पौडेल निर्वाचनको मैदानमाछन् भने काँग्रेसले पार्टीको उम्मेद्वारका रुपमा बीना तामाङ्ग रहेको जनाएको छ । नेपाली काँग्रेस मेचीनगर समितिले आज एक पत्र मार्फत लोकतान्त्रिक प्यानलका उम्मेद्वारका रुपमा अध्यक्षमा बीना तामाङ्ग र सचिवमा अर्जुन राई रहेको जनाएको हो । नगरसभापति सुदय पनेरुद्धारा जारी पत्रमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार तामाङ्ग र राईलाई विजय गराउन समेत आव्हान गरेको छ ।उता अध्यक्ष पदकै उम्मेद्वार रहेका पौडेल पनि वैचारिक रुपमा नेपाली काँग्रेस निकट हुन् । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार कार्य समितिको निर्वाचनका लागि पाँच सय दस जना मतदाता रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button