
मेचीनगर । झापा काँकरभिट्टामा रहेको सिम्रिक बचत तथा ऋण सहकारीको शाखा कार्यालमा नेकपा(बहुमत)ले बुधवार तालाबन्दी गरेको छ । सो पार्टीका झापा —इलाम ईन्चार्ज सागर मैनाली र झापा संयोजक जीतु तामाङ्गको नेतृत्वमा सहकारीको गेटमा तालाबन्दी गरिएको तामाङ्गले बताए । जिल्ला संयोजक तामाङ्गका अनुसार पार्टीको केन्द्रीय कार्यक्रम अन्तरर्गत ताला लगाईएको उनले बताए । काँकरभिट्टाको भट्टराई चोकमा रहेको सिम्रिकको कार्यालयमा रहेका कर्मचारीहरु बाहिर निकालेर कार्यालय प्रवेश गर्ने मुलगेटमा ताला लगाईएको उनले बताए । सिम्रिक सहकारीका बारेमा जनगुनासो आएपछि आफ्नो पार्टीको नेतृत्वमा तालाबन्दी गरिएको उनले बताए ।


नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को केन्द्रीय कार्यक्रम अन्तर्गत लघुवित्त, सहकारी, मिटर ब्याजी हरुलाई सांकेतिक कर्बाही गर्ने कार्यक्रम अन्तर्गत सिम्रिक बचत तथा ऋण सहकारीलाई पनि जनगुनासोका आधारमा कारबाही गरिएको उनको भनाइ छ ।



