मूल खबर

मौसमः देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं— स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागको मौसम आंशिक बदली रहनेछ।

देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदली रहने विभागले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ।Sagarmatha TV

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button