मूल खबर

माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश समिति एवं कांग्रेस संसदीय दलको कार्यालय कोशी प्रदेशले कोशी प्रदेश नामाकरणका विरुद्ध संघर्षरत पक्षलाई वार्तामा बोलाई उचित माग सम्बोधन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्वव थापाले आज एक विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ–‘ आन्दोलनरत सम्पुर्ण साथिहरुलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी आफ्ना जायज मागहरु राख्न आग्रह गर्दछौं ।’
नेता थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनरत पक्षलाई दमन नगर्न र समस्या समाधानका लागि पहल गर्न प्रदेश सरकारलाई सचेत गराउँदै अगाडि भनिएको छ– ‘प्रदेश सरकारको तर्फबाट धरपकड गर्ने, कफ्र्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुव्र्यवहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गर्दछौं ।’
प्रदेशको नामाकरण पश्चात उत्पन्न परिस्थितिका कारण बेलबारी २ लालभित्ती मोरङ्ग निवासी पदम बहादुर लिम्बु लाजेहाङको दुःखद निधन भएको घटनाप्रति गहिरो दुःख ब्यक्त गर्दै विज्ञप्तिमा भावपुर्ण श्रद्धान्जली अर्पण गरिएको छ भने शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गरिएको छ । पहिचानवादीहरुको आन्दोलनकै क्रममा घाइते भएका इलाम चुलाचुली १ का गजेन्द्र फागो र झापा अर्जुनधारा ११ की निर्मला क्षेत्री लिम्बु लगायतका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेको औषधि खर्च ब्यहोर्न कोशी प्रदेश सरकारसँग माग पनि गरिएको छ । फागो र क्षेत्री गत बैशाख २६ गते दमकमा भएको प्रदर्शनका क्रममा घाइते भएका थिए ।
तत्कालीन १ नम्बर प्रदेश समितिल सेवा प्रवाह गर्ने सरकार र सरकारका इकाईहरुको नाम, केन्द्र र राजधानी निश्चित स्थानमा तोक्नु पर्ने जिम्मेवारी र कर्तब्यलाई पुरा गरेको उल्लेख गर्दै विज्ञप्तिमा साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरिएको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button