कृषि र किसान

मधेस प्रदेशका अधिकांश खेत बाँझै

जनकपुरधाम । पानीको अभावमा मधेश प्रदेशमा अहिलेपनि अधिकांश खेत बाँझो रहेको छ । २–३ दिनदेखि मौसममा परिवर्तन भएपनि आवश्यक पानी नपरेका कारण खेत रोपाइमा समस्या भएको जनकपुरधाम २५ लोहना वभनगामाका किसान मोहम्मद मजिवुलले बताए ।

अन्नको भण्डार मानिएको मधेश प्रदेशका जिल्लामा अहिलेसम्म ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको छ । असारको तेस्रो सात्ता बित्नै लाग्दा अहिलेसम्म प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको प्रदेशको मधेश प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिए ।

अहिलेसम्म मधेश प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५/१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँच/पाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको छ । लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिँचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेको किसानहरु बताउँछन् ।

राजधानी दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button