कृषि र किसान

आँप : उत्पादन किसानको, मूल्य व्यापारीको

लहान । मधेस प्रदेशको सुरुंगा नगरपालिका–५ का त्रिभुवन चौधरी आँप बगैंचामा सुत्न थालेको चार महिना भयो। बगैंचाका सबै आँप टिपेर चार दिनअघि बिक्री गरिसकेका उनी बल्ल घरमा सुत्न थालेका छन्।

करिब डेढ बिघामा आँपखेती गरेका चौधरीको चैत महिनादेखि बगैंचामै बास थियो। फूल फुल्नुअघिदेखि प्रत्येक बोटमा पानी लगाउने र मल र औषधि हाल्ने काममा दिनहुँ खटिनुपर्ने उनी बताउँछन्। ‘फूल खेल्ने बेला किरा मार्ने औषधि हाल्नेदेखि फल टिकाइराख्न दिनरात हेरचाह गर्न बगैंचामै बास बस्नुपर्छ,’ उनले भने।

गर्मीमा सर्प र अनेक किराको जोखिम हुन्छ। यी सबै जोखिम मोलेर चार महिना बगैंचामा सुतेर लहान बजारमा आँप पुर्‍याएको उनले बताए। एक लाख रूपैयाँ लगानी लगाएर फलाएको आँप बेच्दा करिब दुई लाख नाफा भएको उनको अनुमान छ। ‘घरपरिवारका सबै सदस्यको मेहनतले फलेको आँप बेचेर तीन लाख रूपैयाँ हात प¥यो,’ उनले भने, ‘यसमा दुई लाख फाइदा होला।’नागरिक दैनिकमा  छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button