सृजनाको चौतारी

” खिचडी “

कविता :-
नेपाली राजनीतिमा बडाे गजबकाे खिचडी निरन्तर पाक्दाे छ,
पुराना अनि नयाँ भनिएका दलहरूमा पनि उही राेग लाग्दाे छ !
हाम्रालाई राम्रा भन्ने परिपाटीमा राम्रालाई हाम्राे भन्न सकिन्न ,
नराम्रो काे बहुमत भएकाे ठाउँमा राम्रालाई ठाउँ दिन सकिन्न ।
आफू अनुकूल संसद चलन दिने प्रतिकुल संसद चल्न नदिने ,
प्रतिनिधि सभाकाे राेग प्रदेशसभामा पनि उस्तै दुरूस्तै देखिने !
संसदमा बिवादित विषयमा एक दुई दिन घम्साघम्सी गरे जस्ताे देखाउने
घुमाई फिराई एमसिसि, नागरिकता विधेयक पास गर्न सहमति जनाउने ।
सासंदकाे मर्यादा भूली कुर्सी फाल्ने , माईक फाेर्ने, लुगा पनि खाेल्ने
हग्नेलाई भन्दा देख्नेलाई लाज भईसक्याे, अब जनताले किन मुख नखाेल्ने ?
भ्रष्टाचार , हत्या ,बलत्कारकाे अभियाेगमा मानीय नै पक्राउ पर्न थाले ,
नेपाली राजनीतिमा हिजाे आज ठूला ठूला माछा ढाेक्सामा पर्न थाले ।
सिद्धान्त ,विचार मिलाेस या नमिलाेस गठबन्धन बन्दाे र भत्किदाे छ ,
जसरी नै भएनि शत्ता लाेलुप्तामा अनाैंठाे माेर्चाबन्दी बन्दाे छ !
नाङ्गले पसल झै जनता झुकाउन समाजवादकाे पसल चल्दाे छ
नेपाली राजनीतिमा बडाे गजबकाे खिचडी निरन्तर पाक्दाे छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button