
लाग्यो आषाढ श्रावण भाद्र पर्न थाल्यो झरी
परिश्रमी किसान माना रोपी फलाउने गर्छ मुरी
खोला- नाला ,खोल्सा, खहरेमा उर्लदो भेल भो
बाढी -पहिरो आई कति जनको उठीबास पनि भो ।।
प्रकृंतिको नियम हो ,बर्षादमा पर्दछ झरी
झरी नपरिदिए उब्जन्छ अन्न बाली कसरी
जब झरी पर्दछ किसानमा आशा छाउँदछ
हलो जुवा कुटो कोदली बोकी मेलो धाउँदछ ।
बर्षभरिको कमाइ भाग्य सजाउन झरी नै पर्खन्छ
हिलो मैलो घाम पानी नभनी तरर पसिना चुहाउछ
बादल बर्षा ,बिजूली ,असिना पानीमा भिज्दै रामाउछ
झरीमा रुज्दैं सारा पीडा व्याधा भूल्दै असारे गीत गाउछ ।।



