सृजनाको चौतारी

पीडा

कविता
मनभरि पीडा छ, तर, अनुहारमा देखिन्छ कताकता हाँसो
नदेखाएर पनि के गर्नु , सकिन्छ नत्र नासो
जतिसुकै पीडाहोस मनभरि
हास्दैँ, रमाउँदैँ र खुशी देखाएरै हिड्छु दिनभरि
किनकी पीडासँगै संघर्ष गरेरै यहाँसम्म आईपुगेको मान्छे हुँ
देख्ने र भेट्ने सबैले भन्ने गर्छन्
तपाईको अनुहारमा त कहिले पनि तनाव देखिन्न
उनीहरूलाई के थाहा !तनाव र पीडा त देखिने गरि पनि त लेखिन्न
पीडा लुकाउँन खोज्दा खोज्दैँ, उसैले नै छताछुल्ल पारि दिदोँ रहेछ
मत उसलाई आफ्नै ठान्थे, उ चाँहि पराई भई हिड्दो रहेछ
भन्छन् नि भावीले लेख्छ भाग्य
खोईँ मेरो निधारमा त के लेख्यो कुनि !
कसरी उसलाई शुन्यमा पारौँ भन्दैँ आफन्तले नै दिन गन्छन्
भोको पेट र नाङ्गो शरीर देखेर पनि
मेरो पेट भर्ने र लाज छोपिदिने कोहि छैनन् यहाँ
अनि पीडै पीडाको कुन्यूँ भएर पनि म नहाँसे के गर्नु त
कसैले भन्छन् उ कति कमाउँछ, अनि कसैले भन्छन उ के गर्छ?
तर, कसैले भन्दैनन् , उस्ले नाङ्गो शरिर र भोको पेट कसरी ढाक्छ र भर्छ
हिडेको छु, खाएको छु खुशी छु अनि पीडैपीडामा बाचेको पनि छु
किनकी, म संघर्ष गरेरै पीडासँगै लडेर आएको छु
पीडालाई म अंकमाल गर्छु
भोको पेटमा पटुका बाँधेर टन्न खाएको भान गर्छु
लुकाउँनै न खोजेको कहाँ हो र मैले पीडा
लुकाउँन खोज्दा पनि, पीडा नखसेको हैन्
मनभरि, मुटुभरि पीडैपीडा लिएर हिड्दाँ हिड्दै
कहिले त छहारी खोज्न मन लाग्छ
छहारी मूनि बसेर बालकृष्ण समको नाटकमा भुल्लीन मन गर्छ
गरीबको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाई अझ दुःख दे भनेर लेख्न मन लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button