
कविता
विदेशिनु रहर त होईन, परिस्थति नै बाँध्यता बन्यो
अरबको ताती मरुभूमिमा रंगिन सपना सजियो
देशामै बसुँ भने घर व्यवहार चलाउन निक्कै गाह्रो
विदेशी भूमिमा श्रम –पसिना बगाउन त झनै साह्रो ।।
+2 सकायो एक थान पासपोर्ट बोकी हान्यो विदेश
राजनीतिले गिजोंलिएर बस्न नसकिने भो स्वदेश
प्राय : युवाको सपना बन्न थालेको छ युरोप,खाडी
बुढा बा-आमा,श्रीमती,बाल बच्चा परिवार छाडी ।।
यहाँ बसेर के गर्नु ? जान्छु कमाउन विदेश भन्छ ऊ खाली
पैसा पठाउन सकेन भने खान्छ ,परिवारको उसले गाली
भने जस्तो काम पएन भने उसले ऋण तिर्न सक्दैन यसपाली
सुखमा भन्दा दु:खमा बजाउछन साथीभाई,छरछिमेकले ताली ।।
पैसा त पठाउदैछ,परिवारको आवश्यकता थोर बहुत जोडीदो पनि छ
कतिपय परिवारको सम्बन्धहरु यता उता अनयासै तोडिदो पनि छ
धन कमाउने चाहनाले कठिन भएनि काममा दिन रात नभनी खटदो छन
कति त अकालमा बाक्समा मुडो झै परिवारको खुशी लुटिदै फर्कदो छन ।।



