सृजनाको चौतारी

मुटु

कविता
हिजोआज मेरो मुटु किन किन अस्थिर जस्तो लाग्छ
स्थिर बनाउन खोज्दाखोज्दैँ खोई कता कता भाग्छ!
म ,मेरै मुटुलाई सम्झाउछु, बुझाउँछु अनि भन्छु
के भएको छ मुटु तिमीलाई?
उ मनमनै भन्छ
आज कतिपट ढुक ढुक गर्ने होला?
यसैको नियमित धडकनबाट म स्वस्थ्य छु
यहि कारणबाट म स्वस्थ्य मानिस हुँ
बेला बेला मेरो मुटुले मलाई धोका देला कि भन्छु
अनि म आफैँ पनि मेरो मुटुको धडकन गन्छु
नियमित छ, ठीकठाक छ
अनि म मुटुले केही भन्छ कि भनेर उसैको बाटो कुर्छु
आजकल मेरो मुटुले मलाई नै भन्न थालेको छ

मुटु भन्छ
म दर्हो छु, बलियो छु, अनि ठिकठाक छु
अनि तम माथि कसैको जीत हुदैँन्
हार हुन्छ भनेर तेरो प्रगति नचाहानेहरू छेउ पनि पर्दैन्न
मुटुले फेरि भन्छ
मलाई तैले बलियो बना
म तलाई ठिङ्ग उभ्याईदिन्छु
त ठिक भएर बस, म आफैँ अरूबाट लिन्छु
के खाने, के नखाने, त्यसमा विचार गर
पिरो र अमिलो पनि अचार
न खा बोसो, न खा गलत तेल
नत्र तेरो शरिरमा आउला भेल
अखाद्य बेच्ने जान्छ, जेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button