कविता
–बिक्रमादित्य
बहकिने यो मन छ
म सम्हालु कसरी
बगिरहने यी आँशु मेरा
म रोकौँ कसरी
हाँस्ने यी दिनहरू
हँसाएर जान्छन्
नकट्ने यी रातहरू
म काटौँ कसरी..
नआइज ए जून !
यो अन्धकार रातमा
नचम्क ए तारा !
उनी नभएको साथमा
एक्लो छु म प्रियसी
तिमी हाँसेको रातमा
जाने यी दिनहरू
बिलाएर जान्छन्
सम्झाउने यी रातहरू
म सम्झुँ कसरी
तिम्रा मदहोशी मुस्कानहरू
तिम्रा बेहोशी चुम्बनहरू
भुलाईदेउ ए जून
मेटाईदेउ ए तारा
बिताएका ती पल
बिर्साईदेउ ए रात
सम्झीएर सधै सधै
म जिउनु कसरी
अन्धकार यो रातसँगै
म बाँच्नु कसरी
प्रकाशित मिति: शनिबार, असोज २७, २०८०/जनता समाचार

