
कविता
त्यो
को हो?
रोएको?
भोकाएर
लखतरान।
बिनाहलचल।
मलमपट्टी कतै?
औषधिको सम्झी गुण
अस्पतालमा आँखा छर्दै
राम्रो लुगा मोटो मान्छे हेर्दै।
उनको रोग हुन्छ निको।
संधैको पीडा बिमार
निको होला आश छ
शरीर सके पनि।
खिइरहेका
नशा तन्तु
कम्जोर
बन्दै
उ।

