स्वास्थ्य

नगर अस्पताल : ७ महिनामा ६२,८७७ जना विरामीलाई सेवा

भिडियो एक्सरे पनि सुरु

मेचीनगर । धुलाबारीमा रहेको मेचीनगर आधारभूत अस्पतालमा आजदेखि थप भिडियो एक्सरे सेवा पनि सुरु भएको छ।
विहीबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले अस्पतालमा राखिएको भिडियो एक्सरे उद्घाटन गरेर सेवा सुरु गरिएको हो ।


उक्त सेवा दैनिक विहान ८ वजेदेखि उपलब्ध हुनेछ ।
यस अघिदेखि अस्पतालमा प्रत्येक मंगलबार स्त्री रोग तथा प्रसुती सेवा, विहीबार बालरोग तथा नाक, कान र घाँटीको सेवा, शुक्रबार जनरल फिजिसियन सेवा, दैनिक विहान ६ वजेदेखि ओपिडी सेवा, ईसीजी, युएसजी सेवा, बीमा तथा अन्य निःशुल्क सेवाहरु विशेषज्ञ र एमवीवीएस डाक्टरहरुबाट दिँदै आएको छ ।
आगामी बैशाख दोस्रो हप्तादेखि थप १५ वेडमा विरामी भर्ना गरिने, थाइराइड र २४ सै घण्टा आकस्मिक सेवा दिइने नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन् ।

अस्पताल परिसरमा बनिएको १५ वेडको नयाँ सामुदायिक बहुउदेश्यीय भवनबाट अब चाँडै सेवा सुरु गरिने बताइएको छ ।
नगर अस्पताल सुरु भएदेखि सात महिनामा ६२ हजार ८७७ जना विरामीले विभिन्न सेवा लिएको उनले जानकारी दिइन् ।
गत भदौ ४ गतेदेखि फागुन सम्ममा ६२ हजार ८७७ जना विरामी मध्ये १९ हजार ५०५ जनाले ल्याव सेवा लिएको, २२३४ जनाले युएसजी सेवा, ८४८ जनाले ईसीजी सेवा र २७५ जना विरामीले इमरजेन्सीमा सेवा लिएको सापकोटाले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button