मूल खबर

बेलायतको फेल्थम एण्ड हेस्टनको अध्यक्षमा पहिलोपटक झापाका इन्द्रहाङ लिङ्देन निर्वाचित

झापा / २९ जेठ । झापाका इन्द्रहाङ लिङ्देन पहिलोपटक बेलायतको फेल्थम एण्ड हेस्टन कन्जरभेटिभ एसोसिएसनको क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको छ । उहाँ कन्जरभेटिभ पार्टीबाट क्षेत्रीय अध्यक्ष निर्वाचित हुनु भएको हो । फेल्थम र हेस्टन निर्वाचन क्षेत्रका ९ वटा वडाको प्रतिनिधित्व गर्दै लिङ्देन क्षेत्रीय अध्यक्ष निर्वाचित हुने पहिलो नेपालीसमेत बन्नु भएको छ ।

बेटफोन्ट, फुटबल एण्ड सोसियल क्लब हलमा मंगलबार सम्पन्न निर्वाचनबाट बिर्तामोड नगरपालिका – ५ का लिङ्देन क्षेत्रीय अध्यक्षमा निर्वाचित हुनु भएको नेपाल तरुण दलका केन्द्रीय सदस्यसमेत रहनु भएको साथी राजेन्द्र उप्रेतीले बताउनुभयो । लिङ्देनको पुर्खौली घर पाँचथर हो । लामो समय बिर्तामोड बस्नु भएको लिङ्देनले यहीँ अध्ययन गर्नु भएको हो । उहाँ डेढ दशक अघि बेलायत जानु भएको साथी राजेन्द्रले सुनाउनुभयो ।

अध्यक्ष निर्वाचित भएसँगै लिङ्देनले २६ जना काउन्सिलरको छनोट गर्नुहुने छ । अध्यक्ष लिङ्देनले आगामी वर्षको स्थानीय चुनावमा लेबर पार्टीसँग प्रतिस्पर्धा गर्नुहुने छ । लेबर सो क्षेत्रमा कन्जरभेटिभ पार्टीको मुख्य प्रतिस्पर्धी मानिन्छ ।

लामो समयदेखि सो पार्टीमा आवद्ध लिङ्देन सन् २०२० देखि २१ सम्म क्षेत्रीय उपाध्यक्ष हुनुहुन्थ्यो ।अध्यक्ष निर्वाचित भएसँगै आफूमा अवसरसँगै चुनौती थपिएको सुनाएको साथी राजेन्द्रले बताउनुभयो । लिङ्देनले आगामी वर्ष हुने स्थानीय निर्वाचनम २६ जना काउन्सिलर छान्नुपर्छ । निर्वाचन क्षेत्रमा सदस्य छान्ने, फन्ड राइजिङ इभेन्ट गर्ने र निर्वाचनबाट धेरै काउन्सिलरलाई निर्वाचित गर्ने लक्ष्य लिङ्देनले राख्नुभएको छ ।

बेलायतमा व्यापार व्यवसाय गर्दै आउनु भएको लिङ्देन लोकतान्त्रिक विचारधारालाई आबद्ध हुनुहुन्छ । नेपाली कांग्रेस निकट उहाँ नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री र कांग्रेसको महासमिति सदस्य समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button