खबर

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित हुनुभएको छ।

कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाउनुभयो ।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित हुनुभएको छ ।

सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित हुनुभयो भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित हुनुभएको छ ।नेपाल टिभी अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button