विचार

झोले

हालको प्रचलित शब्द हो ‘झोले’ , चाहे छिमेकिको होस वा कुनै ब्यक्तिको वा कुनै सँघ सँस्थाको नेतृत्वको समर्थन गरिदिए पुग्छ उ झोले ठानिन्छ । कुनै राजनीतिक दलको समर्थनमा रहेको ब्यक्ति अझ अन्धभक्त भएर समर्थनमा रहेको ब्यक्ति लाई अझ धेरै अतिरञ्जित गरि दिइने उपाधि हो झोले ।हुँदा हुँदै देशको प्रधानमन्त्री के पि शर्मा ओलि ले समेत निर्धक्क सँग भनिदिनुभयो म झोले हुँ झोले नै हुँ ।
झोलाको आफ्नै महत्व छ । हाटबजार हाट बजारबाट खरिद गरिएका सामानहरु ओसारपसार गर्नेकाममा प्रयोगमा ल्याइने गरिन्छ ।परंपरादेखि चलिआएको चलन हो । हामी सानाछँदा बुवासँग सौदागर्न बजार जाँदा बोकेर जाने गरिन्थ्यो झोला , बजारमा पसले सँग आफुलाई आवश्यकपर्ने सामान मागगर्दा उसले भिन्ना भिन्नै सामान बेग्ला बेग्लाबेग्लै झोलामा राखेर दिने गर्दथ्यो तर उसलेदिने झोला कागजको हन्थ्यो कागजबाट बनाइएको मुनिपट्टि अलि मोटो कागज, गाता लगाएर कागजले बेरेर बनाईएको जसलाई हामी थुँगा भन्ने गर्थ्यौं बातावरणमैत्री , हरेक थुंगामा रहेको सामान उसले हाम्रो झोलामा मिलाएर राखिदिन्थ्यो दाम तिरेर सबै सौदाराखेको झोलाबोकेर घरतिर लाग्थ्यौं ।
झोला सुति कपडाका हुन्थे थरिथरिका आकर्षक झोला किन्न पाईन्थ्यो पैसाअनुसारको , तिनताका किसानले जुटखेति गर्ने चलन थियो ,तराईमा जुटखेति नगर्ने किसान बिरलै हुन्थे शहरमा ठुला ठुला जुटमील बनाईएका हुन्थे ,जुटलाई प्रशोधनगरि धागो बनिन्थ्यो जुटकोधागोबाट स्तर अनुसार बोरा झोला लगायत दैनिक प्रयोगमा आउने सामाग्री तैयार गरिन्थ्यो ।

समय फेरियो थोरै श्रमगरेर धेरैआर्जनगर्ने प्रथाको बिकाश भयो।मानव सभ्यताको बिकाशसँगै प्राकृतिक उत्पादन उत्पादन र प्रयोजन स्खलन हुनलाग्यो अति आधुनिकताले मानिसलाई सुखस् त दियो तर प्राकृतिक बिनासतर्फ जानी नजानी उन्मुख गराउँदै लग्यो । आजभोलि पनि झोलाको प्रयोग उत्तिकै छ तर समय र परिस्थिति सँगै बदलिएको चलनले बिनाश तर्फ उन्मुख गराईरहेको परिस्थिति बिध्यमान छ । उ बेलामा झोला प्रकृतिप्रेमी जुटका सुतिका प्रयोगमा ल्याईने चलन थियो । आजभोलिका झोला वातावरणलाई अत्यन्तै प्रभावपार्ने प्लास्टिकका मात्र हाट बजारमा प्रयोगमा आउनेगरेका छन अनि ति झोलाहरु उत्तिकै दुरुपयोग भएको पाईन्छ ।

सामान ल्याइसकोपछि जथाभावी फाल्ने गर्नाले वातावरण प्रदुषण यतिधेरै बढेर गयो कालान्तरमा जमिनमा प्लाष्टिकका डंगुर मात्र बन्ने सम्भावना भएको चिन्ताजनक अवस्था रहेको छअझ प्याकेटका खाना प्रयोगमा सजिलो हुने भएबाट गृहिणी एवं उपभोक्ताको आकर्षण बढिरहेको पाईन्छ , भविष्य प्रति सबै उदासीन देखिन्छन् । अहिलेको युग नै प्लास्टिक मय बनेको कारण कालान्तरमा संसारका सबै जिवित प्राणीहरुकालागी प्रत्यत्षादक बन्ने छ।
अब आयो झोले का कुरा यो देशको प्रधानमन्त्रीले नैम झोले हुँ भनिसकेपछि झोले शब्द चर्चाकोशिखर पुग्यो , सधन सडक सबै झोलेमय बन्यो ।

झोलेको प्राचलन परापुर्व कालदेखि चलेको हो , त्रेतायुगमा लंकाका महाराजा रावणका पनि समर्थक झोलेहरु थिए , त्यसो त उनका आफ्नै भाई बिभिषण पनि उनको शुभचिन्तक ,समर्थक थिए तर उनले बिवेक गुमाएनन् आत्मसम्मान जोगाएरै बसेअन्धभक्त भएनन् । माता सीताको अपहरण पछि त्यो काम बेठीक भयो भने आफ्नै दाजुको बिपक्षमा रहे बाँकी राजाका भाई भारादारहरु अन्धभक्त बने नष्ट भए , बिभिषण जोगिए , द्वापरयुगमा कौरव र पाण्डवबीच कुरुक्षेत्रमा महाभारतको लडाइँ भयो दुर्योधन पक्षका मारिए तर उनका आफ्नै काका बिदुरले बिवेक गुमाएनन् उनि बचे दुर्योधनका पक्ष पोषकहरु नष्ट भए त्यस्तै हिरण्यकशिपु असत्यको बाटोमा थियो ,नृशिंह अवतारबाट उ पनि मारियो अनि प्रह्लाद को रक्षागरेको पौराणिक कथाहरुमाउल्लिखित छ । शाश्त्रका अनुसार

अतिदर्पे हतालंका अतिमाने च कौरव ।
अतिदाने बलिर्बद्ध अति सर्वत्र बर्जयेत ।।

फेरि झोलेकै कुरा गरौं , ठुलामान्छेको मुखबाट पनि बाहिरिएपछि ब्यापकता पाउनु स्वभाविक नै भयो ।
बडाले जेगर्योकाम हुन्छ त्यो सर्बसम्मत ।
छैन शंकरको नंगा मगन्ते भेष निन्दित ।।

हाल नेपाली राजनितीमा बिवेक नगुमाएकाहरु मध्ये स्व प्रदिप गिरि , जहिल्यै गलतकुरामा सजग गराईनैरहे, नेता चन्द्र भण्डारी जो गलत राज्यसंचालनको खुलेर प्रतिवाद गर्छन् ,काँग्रेस सांसद शुनिल शर्मा गलतकुराको कटु आलोचक छन् तथापि उनमा स्वार्थ लुकेकोभए भविष्यले बताउला ।

नेपालका कम्युनिस्टहरूमाभने खुलेर प्रतिवाद मा उत्रिएको बुझिएन । हुन त आलोचक रहेका भिमरावल र घनश्याम भुषाल हुन तर उनिहरु पार्टी बाटै निकालिए । राजनितिज्ञहरुको आलोचना हुन्छ ।घर सम्हाल्न नसकेर भाँडिएका परिवारहरु छन राज्य संचालनका सवालमा सोचेभन्दा फरकपर्ला राजनितीमा आलोचक हुनुपर्छ तर आत्मसात गर्न सक्नुपर्छ ।

मै खाउँ मै लाउँसुख सयलमा मोज मगरुँ ।
मैनाचुँ मै हासुँ अरुसब मरुन दुर्बलहरु।।

भन्ने मार्ग अवलम्बन गर्दा नेपाली राजनीतिमा देखिएका का कमि कमजोरीहरु पनि ईनैहुन ।
आजका जनता सचेत छन् सुझबुझपुर्ण पढेलेखेका छन् देश बिदेश सबैतिरका जानकारी राख्छन् सामाजिक सञ्जाल एवं संचारमाध्यम बाट सबै जाने बुझेका छन् तसर्थ साशन आफ्ना लागि हैन जनताको हितमा आधारित बनोस्।
शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button