
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा हुनुअघि नै नेकपा एकीकृत समाजवादीका ६ नेतालाई कारबाही गरिएको खुलेको छ।
सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताको दिनै ६ जना नेतालाई कारबाही गरेका छन्।
घनश्याम भूसाल, रामकुमारी झांक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट कारबाही गरिएको नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले, पार्टी नीति, विचार, सिद्धान्त र कार्यक्रमसँग मेल नखाने गतिविधि (भेला र पत्रकार सम्मेलन) गरेको भन्दै उनीहरूलाई पार्टी सदस्यता समेत रद्द गर्ने निर्णय गरेको हो।
विज्ञप्तिमा उल्लेख गरिएको छ कि पार्टी विधानको धारा १२० र १२१(२) बमोजिम उनीहरूको कारबाही गरिएको हो।
यसअघि बुधबार नै एकीकृत समाजवादीसहित १० वाम दलले पार्टी एकता गरेका थिए।
हाल, घनश्याम भूसाल पार्टी पुनःगठनमा लागिरहेका छन् भने रामकुमारी झाँक्री लगायतका नेताहरू एमाले फर्कने तयारी गरिरहेका छन्।हिमालय टाइम्स



