खबरखेलकुद

काँकरभिट्टामा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

काँकरभिट्टा । काँकरभिट्टामा प्रथम मेचीनगर क्लब स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
मेचीनगर व्याडमिन्टन क्लबको आयोजनामा माघ १६ र १७ गते प्रतियोगिता गरिने क्लबका अध्यक्ष प्रितम काफ्लेले बताए ।यो प्रतियोगितमा नगरमा रहेका व्याडमिन्टन क्लबका खेलाडीहरुको सहभागिता रहने जनाईएको छ ।माघ १६ (शुक्रबार) र शनिबार दुई दिन प्रतियोगिता हुने काफ्लेले बताए ।नगर क्षेत्रमा रहेका व्याड मिन्टनका खेलाडीहरुको हौसलाका लागि पनि प्रतियोगिता गरिन लागेको काफ्लेले बताए ।प्रतियोगिता काँकरभिट्टा स्थित मेची सामुदायिक सभाहलमा गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button