
मेचीनगर ।मेचीनगर क्लब स्तरीय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ ।मेची व्याडमिन्टन क्लबको आयोजनामा प्रतियोगिता गरिने भएको हो ।एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिएको छ ।दुई दिन (शुक्रबार र शनिबार)सम्म हुने प्रतियोगितामा मेचीनगरमा रहेका व्याडमिन्टन क्लबका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
उद्घाटन कार्यक्रमा क्लबले प्रशिक्षण दिदै आएका दुई दर्जन साना खेलाडीहरुलाई टि सर्ट समेत वितरण गरिएको थियो ।क्लबका अध्यक्ष प्रितम काफ्लेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी रहका थिए भने विशिष्ट अतिथिमा वडा नं ६ का वडाअध्यक्ष तथा क्लबका संस्थापक अध्यक्ष ललितबहादुर तामाङ्ग रहेका थिए ।
स्थानीय क्लबका अध्यक्ष तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा रहेका थिए ।उद्घाटन कार्यक्रमको संचालन क्लबका सचिव राजेश राउतले गरेका थिए ।काँकरभिट्टा स्थित मेची सामुदायिक सभाहलमा प्रतियोगिता हुने छ ।




