मूल खबर

गोरखामा हालसम्म ७२ वटा शव फेला

फाइल तस्बिर ।

गुणहादुर रोका

सुलीकोट, (गोरखा) भदौ १८ गते । रसुवा हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा शरीरका अंग गोरखाको विभिन्न स्थानमा फेला परेका छन् ।

बिहीबार दिउँसो १ बजेसम्म त्रिशूली नदीको किनारमा ७२ वटा शव तथा मानव शरीरका अंग फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठले भन्नुभयो, ‘हालसम्म फेला परेका ७२ वटा शवहरूमध्ये ५९ वटा शवको व्यावस्थापन, प्रदेश अस्पताल गोरखामा ७ तथा पहिचान भएका ४ वटा शव परिवारलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो ।’

बुधबार दिउँसोदेखि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी टोली, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र जनप्रतिनिधिको टोलीले गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिकाका त्रिशूली किनारमा शव व्यवस्थापनमा खटिइएको गोरखाका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताउनुभयो ।

प्रहरीले गोरखाको गण्डकी गाउँपालिका–८ को धवादीघाट, वडा नम्बर ६ को भूम्लिचोक, वडा नम्बर १ को बुट्टार, वडा नम्बर ४ को ठेउवाटार र वडा नम्बर ७ को ज्यामिरेघाटस्थित त्रिशूली नदी तथा सहिद लखन गाउँपालिका–४ सिलिङटारस्थित त्रिशुली नदी किनारमा शव फेला परेको उहाँले जानकारी दिनुभयो ।

घटनापछि सम्बन्धित प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले शव तथा मानव अंग सुरक्षित रूपमा संकलन गर्ने र घटनाबारे थप अनुसन्धान गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button