कला

अक्षय-करीनाको ‘गुड न्यूज’ ले छाप्यो सय करोड

एजेन्सी, मुम्बई,

अक्षय कुमार र करीना कपूर खान स्टारर फिल्म ‘गुड न्यूज’ लाई दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको यो फिल्मले पहिलो विकेन्डमा बक्सअफिसमा ५० करोडको आँकडा पार गर्न सफल भएको थियो । यसबीच, प्रदर्शनको ६ दिनमा फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ ।

दोस्रो दिन २१ करोड ७८ लाख, तेस्रो दिन २५ करोड ६५ लाख, चौथो दिन १३ करोड ४१ लाख, पाँचौ दिन १६ करोड २० लाख र छैठौ दिन २२ करोड ५० लाख कमाउँदै ‘गुड न्यूज’ ले भारतीय बक्सअफिसमा कुल १ सय १७ करोड १० लाखको व्यापार गर्न सफल भएको छ । योसँगै भारतीय फिल्मका व्यापार विश्लेषकहरुले यो फिल्मलाई २०१९ को हिट फिल्म घोषणा गरेका छन् ।

बक्सअफिसमा ‘गुड न्यूज’ को टक्कर सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ सँग छ । तर, ‘दबंग ३’ को बावजूद पनि अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मले सलमानको फिल्मको व्यापारमा ठूलो असर गरेको छ । किनकि, ‘दबंग ३’ को ‘वर्ड अफ माउथ’ कमजोर छ । र, दिन-प्रतिदिन व्यापारमा पनि ठूलो गिरावट आइरहेको छ ।

कमेडी ड्रामा ‘गुड न्यूज’ को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा) को हो । दुवैले बच्चा जन्माउनका लागि आइभिएफको सहारा लिन्छन् । तर, अक्षय करीना र दिलजीत दोसान्झ कियारा आडवाणीबीच निकै ठूलो कन्फ्यूजन हुन्छन् । अस्पतालमा दुवै कपल्सको सरनेम बत्रा भएका कारण स्पर्म मिक्स अप हुन्छ । करीनामा दिलजीतको र कियारामा अक्षयको स्पर्म ट्रान्सफर हुन्छ ।flmykhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button